Nidan Media

विश्व

थाइल्यान्डका नयाँ प्रधानमन्त्री चार्नविराकुलद्वारा पदभार ग्रहण

थाइल्यान्डका नयाँ प्रधानमन्त्री चार्नविराकुलद्वारा पदभार ग्रहण

पोखरा । थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन् । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ । “महामहिम राजाले अबदेखि श्री अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ”, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही आदेश वाचन गर्दै घोषणा गरे । अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि उपप्रधानमन्त्री, गृह मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा सेवा गरिसकेका छन् । तर उन विशेषगरी थाइल्यान्डमा सन् २०२२ मा भएको गाजा आपराधीकरण प्रक्रियाका प्रमुख योजनाकारका रूपमा चर्चित छन् । उनी दुई वर्षको अवधिमा देशका…
Read More
पुटिनको मस्को बैठकको प्रस्तावलाई जेलेन्स्कीद्वारा अस्वीकार

पुटिनको मस्को बैठकको प्रस्तावलाई जेलेन्स्कीद्वारा अस्वीकार

पोखरा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको भन्दै उनले आफू रुसको राजधानी मस्को जान नसक्ने स्पष्ट पारे । पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्ने उनले बताए । यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए…
Read More
सुडानमा सुन खानी भत्किँदा कम्तीमा छ जनाको मृत्यु

सुडानमा सुन खानी भत्किँदा कम्तीमा छ जनाको मृत्यु

पाेखरा । सुडानको उत्तरी क्षेत्रस्थित एक सुन खानी भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २० जनासम्म फसेको आशङ्का गरिएको छ। यो दुखद घटना शुक्रबार रिभर नाइल राज्यको बेर्बर सहर नजिकैको उम आउद क्षेत्रको सुन खानीमा भएको हो। बेर्बरका कार्यकारी निर्देशक हसन इब्राहिम करारले फसेका मानिसको उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। सुडानमा अप्रिल २०२३ देखि सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध जारी छ। दुवै पक्षले आफ्नो युद्ध खर्चका लागि देशको सुन उद्योगबाट आर्थिक स्रोत जुटाइरहेका छन्। अधिकारी र गैरसरकारी संस्थाका अनुसार, सुडानको अधिकांश सुन संयुक्त अरब इमिरेट्स (युएई) हुँदै निर्यात हुन्छ। युएईमाथि आरएसएफलाई हतियार…
Read More
पर्यटक बोकेको बस दुर्घटना, १५ जनाको मृत्यु

पर्यटक बोकेको बस दुर्घटना, १५ जनाको मृत्यु

कोलम्बो। श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय पर्यटकहरू बोकेको बस करिब ३०० मिटर तल झरी दुर्घटना ग्रस्त हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । राजधानीबाट करिब १३० किलोमिटर पूर्वमा रहेको पहाडी एला क्षेत्रमा बिहीबार राति बस दुर्घटना हुदाँ बसमा रहेका अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ । पहाडमा छुट्टी मनाएर घर फर्किरहेको समयमा बस अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ । यसअघि मे महिनामा कोटमालमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । टापुका घुमाउरो सडकहरूका कारण श्रीलङ्कामा हरेक वर्ष औसत तीन हजार सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ ।
Read More
अफगानिस्तानको महाभूकम्पमा ज्यान गुमाउनेको संख्या १४ सय पुग्यो

अफगानिस्तानको महाभूकम्पमा ज्यान गुमाउनेको संख्या १४ सय पुग्यो

पोखरा । पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर आइतबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनको संख्या एक हजार चार सय पुगेको छ । ६ रेक्टर स्केलको उक्त भूकम्पका कारण हालसम्म तीन हजार पाँच सयभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् । भूकम्पले करिब पाँच हजार चार घर ध्वस्त बनाउँदै हजारौँलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिमध्ये एक मानिएको छ । केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल पु¥याइएको छ । खालिद इब्न वालिद कार्प्सका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले सैन्य तथा नागरिक निकायका टोलीहरू उद्धार कार्यका लागि परिचालन गरिएको…
Read More
सुडानमा भीषण पहिरो : कम्तीमा १,००० को मृत्यु

सुडानमा भीषण पहिरो : कम्तीमा १,००० को मृत्यु

सुडानको पश्चिमी क्षेत्रमा गएको भीषण पहिरोका कारण कम्तीमा १,००० जनाको ज्यान गएको सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ। बीबीसीका अनुसार यो घटना मर्रा पर्वतस्थित दुर्गम क्षेत्रमा ३१ अगस्टमा लगातार धेरै दिनसम्म परेको अविरल वर्षापछि भएको हो। पहिरोले तारासिन गाउँको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त बनाएको छ। संगठनले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको र केवल एक जना मात्र जीवित भेटिएको उल्लेख गरिएको छ। मृतकमध्ये बालबालिका पनि रहेका पुष्टि भएको छ। विद्रोही समूहले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेको छ। सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धकै बीचमा आएको…
Read More
भारतीय विदेश सचिव मिश्री भदौ १ मा नेपाल आउँदै

भारतीय विदेश सचिव मिश्री भदौ १ मा नेपाल आउँदै

भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते ९अगष्ट १७० दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मिश्रीको भ्रमण उच्चस्तरीय राजनीतिक छलफल तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले तय गरिएको हो । काठमाडौं बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा तथा अन्य उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मिश्रीको भ्रमणलाई प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ । प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, ओलीको भ्रमण भदौ ३१ गतेका लागि प्रस्तावित छ। यसअघि साउनको सुरुवातमा नै प्रधानमन्त्री कार्यालयले…
Read More
हमासको कडा चेतावनी प्यालेस्टाइन स्वतन्त्र नहुँदासम्म हतियार बिसाउदैनौ

हमासको कडा चेतावनी प्यालेस्टाइन स्वतन्त्र नहुँदासम्म हतियार बिसाउदैनौ

गाजा क्षेत्रमा युद्ध रोक्न अन्तर्राष्ट्रिय प्रयास जारी रहे पनि हमासले फेरि स्पष्ट रूपमा भनेको छ—प्यालेस्टाइन स्वतन्त्र राष्ट्र नबनेसम्म आफूले हतियार बिसाउदैनौ बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविरामबारे छलफल भइरहँदा, हमासले उक्त प्रस्ताव अस्वीकार गर्दै इजरायलसँग कुनै पनि सम्झौता नगर्ने स्पष्ट संकेत दिएको छ। इजरायलले भने युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने शर्त कडाइका साथ राखेको छ। यही कारण पछिल्लो समय भइरहेको वार्ता पनि पुनः अवरुद्ध भएको छ। यसअघि केही अरब राष्ट्रहरूले हमासलाई गाजाको नियन्त्रण छोड्न र हतियार त्याग्न आग्रह गरेका थिए। त्यस्तै, फ्रान्स, क्यानडा, बेलायतलगायतका केही पश्चिमेली मुलुकहरू प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने तयारीमा रहेको जानकारी बाहिरिएको छ।…
Read More
थाइल्यान्ड र कम्बोडिया सीमामा बम वर्षा, १४ जनाको मृत्यु सयौं विस्थापित

थाइल्यान्ड र कम्बोडिया सीमामा बम वर्षा, १४ जनाको मृत्यु सयौं विस्थापित

थाइल्यान्ड र कम्बोडियाबीचको पुरानो सीमा विवाद फेरि एकपटक भीषण हिंसामा रूपान्तरण भएको छ। १४ जनाको ज्यान गइसकेको छ, सयौं विस्थापित छन् र द्वन्द्व अझ चर्कँदै छ थाइल्यान्ड र कम्बोडियाबीचको सीमा तनाव दिनप्रतिदिन चर्किँदै गएको छ। शुक्रबार फेरि दुई देशको सीमामा गोलीबारी भएको छ, जुन दुबै देशका अधिकारीहरूले पुष्टि गरेका छन्। यस द्वन्द्वमा हालसम्म १४ जनाको ज्यान गइसकेको छ, भने धेरै जना घाइते भएका छन्। सयौं मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्। दुबै तर्फबाट गोली, क्षेप्यास्त्र र लडाकु विमान प्रयोग हुँदै हिंसा बढ्दो छ। शुक्रबार दुबै देशले सीमामा थप सेना पठाएका छन्। बिहीबार कम्बोडियाले थाइल्यान्डको सीमावर्ती गाउँहरूमा आक्रमण गरेपछि, थाई सेनाले…
Read More
९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

नेपाल-भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ, जसमा सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ मर्मतमा छलफल हुनेछ। गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन परिमार्जन र प्रहरीलाई सक्षम बनाउने विधेयक संसदमा विचाराधीन रहेको जानकारी दिए। बैठकमा सीमा क्षेत्रमा आवतजावतलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल हुनेछ। काठमाडौँ । ९ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ । संघीय संसद् राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सो जानकारी दिएका हुन् । गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.