Nidan Media

मधेस

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

पाेखरा । मधेश प्रदेश सरकारले शुक्रबारका लागि सार्वजनिक बिदा दिइएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद जयन्तीको अवरसमा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारअन्तर्गतको गृह सञ्चार तथा कानून मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै शुक्रबार मधेश प्रदेशभरि सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् । २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख छ । प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा बिदा दिइँदै आइएको छ ।
Read More
स्वास्थ्य सामग्री खरीदमा ५२ करोड भ्रष्टाचार – एकै दिन चार वटा मुद्दा दायर

स्वास्थ्य सामग्री खरीदमा ५२ करोड भ्रष्टाचार – एकै दिन चार वटा मुद्दा दायर

मधेस प्रदेश सरकारले आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापना गर्न क स्वास्थ्य उपकरण किन्दा ५२ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एकै दिन चार वटा मुद्दा दायर गरेको छ। यस प्रकरणमा सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवणकुमार मिश्रसहित विभिन्न स्वास्थ्य प्राविधिक, लेखा अधिकृत र निजी कम्पनी सञ्चालकहरू समेतलाई प्रतिवादी बनाइएको छ। अनुसन्धानमा खरीद प्रक्रिया अगाडि बढाउँदा लाभ–लागत विश्लेषण, आवश्यकता मूल्यांकन र जनशक्ति व्यवस्थापनजस्ता आधारभूत प्रक्रिया नअपनाई मनोमानी गरिएको, एउटै कार्यक्रमलाई दुई टुक्रामा विभाजन गरी टेण्डर गरिएको, सामानहरूको गुणस्तर परीक्षण नगरी पेस्की प्रमाणपत्र बनाइएको र प्रयोगशालामा…
Read More
दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्यमन्त्री घाइते

दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्यमन्त्री घाइते

जनकपुरधाममा दुई सरकारी गाडी आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन्। जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए। दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.