Nidan Media

प्रदेश

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे। उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक विभेद र घरेलु हिंसा जस्ता कारणहरूले नेपालमा मानव ओसारपसार बढेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका र सिमान्तकृत समुदाय बढी…
Read More
आम जनता पार्टीकाे कास्की अध्यक्षमा केसी

आम जनता पार्टीकाे कास्की अध्यक्षमा केसी

पोखरा । आम जनता पार्टीले कास्कीमा संगठन विस्तार गरेको छ । पोखरामा सम्पन्न प्रथम भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको हो । समिति उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सहसचिवमा पवित्रा मल्ल र कोषाध्यक्षमा रेखा परियार चयन भएका छन् । यस्तै सदस्यमा सुशिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन विक, अनिता कोइराला, अनिता विक, रेणु थापा र श्यामसुन्दर यादव छन् । भेला उद्घाटन गर्दै पार्टीका केन्द्रीय सहअध्यक्ष तिलक थापा मगरले देशमा भ्रष्टाचार, अन्याय, अत्याचार र बेथिति चुलिएको बताउँदै…
Read More
आज गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका…
Read More
लेखनाथ उद्योग वाणिज्य संघमा मतदान सम्पन्न, मतगणना आइतबार हुने

लेखनाथ उद्योग वाणिज्य संघमा मतदान सम्पन्न, मतगणना आइतबार हुने

पाेखरा । लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा ९३ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यका अनुसार संघका २ हजार १९ मतदातामध्ये १ हजार ८ सय ८१ अर्थात् ९३ प्रतिशतले मतदान प्रक्रियामा भाग लिएका हुन् । निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको आचार्यले बताए । मतपेटिका सुरक्षाकर्मीको निगरानीमा राखिएको र आइतबार बिहान ७ बजेदेखि गणना सुरु हुने उनले बताए । आगामी २ वर्षे कार्यकालका लागि १९ सदस्यीय कार्यसमिति चुन्न ३७ जनाले उम्मेद्वारी दिएका छन् । मतदान…
Read More
ट्रकको ठक्करबाट गोरखाकी जिरादेवी दानीको मृत्यु

ट्रकको ठक्करबाट गोरखाकी जिरादेवी दानीको मृत्यु

पाेखरा । काठमाडौँमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा घर भई हाल काठमाडौँ चाबहिल बस्ने ५८ वर्षीया जिरादेवी दानी छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारस्थित सडकमा पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकले दानीकालाई ठक्कर दिँदा दुर्घटना भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
छोरीको घर जाँदै गरेका सोनुलालको खोलामा डुबेर मृत्यु

छोरीको घर जाँदै गरेका सोनुलालको खोलामा डुबेर मृत्यु

झापा । झापामा खोलामा डुबेर शनिबार एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका वडा नं ६ पैनीटोलका ६२ वर्षीय सोनुलाल मुर्मु छन् । भद्रपुर नगरपालिका वडा  नं ३,भैसाबाडीस्थित मेची खोलामा डुबेर मुर्मुको मृत्यु भएको हो । शनिबार दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए । तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार मृतक मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र…
Read More
माओवादी अध्यक्ष प्रचण्ड पोखरामा

माओवादी अध्यक्ष प्रचण्ड पोखरामा

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा आएका छन् । पार्टीको अभियान ‘जनतासँग माओवादी’ पुनः शुरू गर्नका लागि प्रचण्ड पोखरा आएका हुन्। यो अभियान शनिबार कस्कीबाट शुरू भएको हो । अभियान कास्कीको रुपा गाउँपालिका वडा नं १ स्यास्त्रीस्थित शहीद पार्कबाट शुरू भएको हो । हालै बसेको माओवादीको स्थायी कमिटीको बैठकले रोकिएको अभियान पुनः शुरू गर्ने निर्णय गरेको थियो । अभियानमा महासचिवभन्दा माथिल्लो तहका नेतामात्रै सहभागी भएका छन् ।
Read More
हेटाैँडामा चट्याङ लागेर प्रजाको मृत्यु

हेटाैँडामा चट्याङ लागेर प्रजाको मृत्यु

पाेखरा । मकवानपुरको हेटाैँडा उपमहानगरपालिका वडा नं १५ कमेरोपानीमा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटाैँडा उपमहानगरपालिका वडा नं १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजा छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार दैनिक उपभोगका सामान खरिद गर्न किराना पसलमा गएका बेला चट्याङ लागेर प्रको मृत्यु भएको हो । शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको डीएसपी अर्यालले जानकारी दिए ।
Read More
आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । साथै गण्डकी, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रही गण्डकी, कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य…
Read More
पोखरामा आठौँ इक्यान एजुकेशन फेयर शुरू

पोखरामा आठौँ इक्यान एजुकेशन फेयर शुरू

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ शुरू भएको छ । मेला उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थासँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौँ विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’ उनले नेपालको शिक्षा क्षेत्र राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउँदै विश्वव्यापी रूपमा बदलिँदै गएको ज्ञान र सीपसँग कदम मिलाउन गुणस्तरीय शिक्षा अपरिहार्य रहेकोमा जोड दिए । प्रदेश सरकारको नीतिबारे प्रकाश पार्दै उनले भने, ‘सरकारको प्राथमिकता देशमै उच्चस्तरीय शैक्षिक अवसर विस्तार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.