Nidan Media

समाचार

बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेः वर्षमान पुन

बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेः वर्षमान पुन

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप-महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको आयोजनामा भएको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताए । समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि बिचौलिया अर्थतन्त्रमा पुगिएको बताए । नेता पुनले खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताए । उनले भने, “उदारवाद अर्थतन्त्रपछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी आएको छ, हामीले चाहेको पुँजीवादी समाजवाद हो ।” नेता…
Read More
जेनजीको विरोध र्‍यालीलाई बालेनको समर्थन

जेनजीको विरोध र्‍यालीलाई बालेनको समर्थन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्न नेता/अभियन्तालाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीको विरोध र्‍यालीलाई समर्थन जनाउँदै आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न र उनीहरुलाई बुझ्न आग्रह गरेका छन् । ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फूर्त रूपमा जेनजीको हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ । जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीका कारण…
Read More
लगातार घट्दै नेप्से, कारोबार रकम पनि घट्याे

लगातार घट्दै नेप्से, कारोबार रकम पनि घट्याे

काठमाडौँ । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक आइतबार पनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६दशमलव५५ अंकले घटेर २७१९दशमलव७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आइतबार ११दशमलव५२ अंकले घटेर २७०८दशमलव२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आइतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ । आइतबार सेन्सेटिभ…
Read More
मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे। उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक विभेद र घरेलु हिंसा जस्ता कारणहरूले नेपालमा मानव ओसारपसार बढेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका र सिमान्तकृत समुदाय बढी…
Read More
आम जनता पार्टीकाे कास्की अध्यक्षमा केसी

आम जनता पार्टीकाे कास्की अध्यक्षमा केसी

पोखरा । आम जनता पार्टीले कास्कीमा संगठन विस्तार गरेको छ । पोखरामा सम्पन्न प्रथम भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको हो । समिति उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सहसचिवमा पवित्रा मल्ल र कोषाध्यक्षमा रेखा परियार चयन भएका छन् । यस्तै सदस्यमा सुशिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन विक, अनिता कोइराला, अनिता विक, रेणु थापा र श्यामसुन्दर यादव छन् । भेला उद्घाटन गर्दै पार्टीका केन्द्रीय सहअध्यक्ष तिलक थापा मगरले देशमा भ्रष्टाचार, अन्याय, अत्याचार र बेथिति चुलिएको बताउँदै…
Read More
थाइल्यान्डका नयाँ प्रधानमन्त्री चार्नविराकुलद्वारा पदभार ग्रहण

थाइल्यान्डका नयाँ प्रधानमन्त्री चार्नविराकुलद्वारा पदभार ग्रहण

पोखरा । थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन् । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ । “महामहिम राजाले अबदेखि श्री अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ”, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही आदेश वाचन गर्दै घोषणा गरे । अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि उपप्रधानमन्त्री, गृह मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा सेवा गरिसकेका छन् । तर उन विशेषगरी थाइल्यान्डमा सन् २०२२ मा भएको गाजा आपराधीकरण प्रक्रियाका प्रमुख योजनाकारका रूपमा चर्चित छन् । उनी दुई वर्षको अवधिमा देशका…
Read More
पुटिनको मस्को बैठकको प्रस्तावलाई जेलेन्स्कीद्वारा अस्वीकार

पुटिनको मस्को बैठकको प्रस्तावलाई जेलेन्स्कीद्वारा अस्वीकार

पोखरा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको भन्दै उनले आफू रुसको राजधानी मस्को जान नसक्ने स्पष्ट पारे । पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्ने उनले बताए । यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए…
Read More
सामाजिक सञ्जाल बन्द गरेको विषयमा कांग्रेसले सरकारसँग जवाफ माग्ने

सामाजिक सञ्जाल बन्द गरेको विषयमा कांग्रेसले सरकारसँग जवाफ माग्ने

पाेखरा। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले जवाफ माग्ने भएको छ । आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति पार्टीका महामन्त्री गगन थापालगायतले जेताहरुले यसअघि नै आपत्ति जनाइसकेका थिए । यस्तै बैठकमा प्रदेशसभा निर्वाचनको विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
Read More
सुनको भाउ तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ बढेको छ । आज सुन तोलामा दुई हजार र असली चाँदी तोलामा १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख १२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ रहेको थियो । आज पोखरामा सुनको भाउ प्रतितोला दुई लाख १२ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । यता शुक्रबार प्रतितोला…
Read More
रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । रोहिणीले शनिबार ललितपुरको हिमालयन होटलमा एक कार्यक्रममाझ रविन्द्रलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । रोहिणीले रविन्द्रलाई एक वर्षका निम्ति ब्रान्ड एम्बेसडर सम्झौता गरेको छ । तर, आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रोहिणीले आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेको छ । ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा रोहिणीका मार्केटिंग डाइरेक्टर दया थापा र रविन्द्रले हस्ताक्षर गरे । ‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्रले एमएमएका कुल १० खेलमध्ये नौ खेलमा जित निकालेका छन् । उनले केही महिनाअघिमात्रै भारतको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.