
हरिवंश आचार्यको ‘हरि बहादुर’ अब ठुलो पर्दामा फर्किँदै!
हरिवंश आचार्यको हरि बहादुर पात्र पुन पर्दामा देख्न पाइने भएको छ। हरि बहादुर, यो पात्रसँग तपाईँ कुनै कालखण्डमा पक्कै परिचित भएको हुनुपर्छ । किनकि नेपाली हास्य क्षेत्रका अग्रणी व्यक्तित्व हरिवंश आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर नामक पात्रले दर्शकको धेरै माया पायो । मह जोडीका रूपमा सामाजिक विभेद, विकृति र सन्देशमूलक सामग्रीमा देखिएका हरि बहादुर हराएको केही समय भएको छ । तपाईँले सानो पर्दामा नदेखेको लामो समय भयो । कहाँ छन त, हरि बहादुर ? के गर्दै छन ? बदलिँदो समयसँगै उनी कस्ता भए त ? यो प्रश्न तपाइको मनमा पनि हुनुपर्छ । किनकि हामी धेरै बाल्यकाल भनौँ…