Nidan Media

अन्तरवार्ता

कर्णालीका युवालाई पूर्वमिस नेपाल श्रेष्ठ र पत्रकार पाठकको प्रेरणादायी सन्देश

कर्णालीका युवालाई पूर्वमिस नेपाल श्रेष्ठ र पत्रकार पाठकको प्रेरणादायी सन्देश

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवमा शनिबार कर्णालीका युवाहरुमाझ प्रेरणादायी सन्देश लिएर उपस्थित भए, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र  पत्रकार दिलभुषण पाठक । सन् २०१० की मिस नेपाल सदिक्षाले युवाहरूलाई दृढ अठोट लिएर निरन्तर अघि बढेमा आफ्नो लक्ष्यमा सफलता मिल्ने बताइन् । यसका लागि हरेकले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने बताइन् । ‘अरुले जे सुकै भनोस् तर आफूले आफ्नो क्षमतामा विश्वास राख्नुपर्दछ, कुनै पनि अवसर तपाईँको अगाडि आउँछ भने समाउनुस्, अवसर टाढा टाढा जान खोज्छ भने पछ्याउनुहोस्,’ उनले भनिन्, ‘हरेक कामको सम्मान गर्नुपर्छ, ठूलो सानो जे–जस्तो भए पनि त्यो एउटा अवसर हो, त्यसलाई अंगाल्न सक्नुस् ।’ साथै उनले युवाहरूलाई कुनै काममा…
Read More
स्वरुप परिवर्तन गरी चलाएका २३ मोटरसाइकल नियन्त्रणमा

स्वरुप परिवर्तन गरी चलाएका २३ मोटरसाइकल नियन्त्रणमा

पोखरा । स्वरुप परिवर्तन गरी चलाएका २३ वटा मोटरसाइकललाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो । सवारी साधन चेकजाँच गर्दा अवस्था ठीक नरहेको, चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने सवारीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । साथै कसैले परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने मोटरसाइकल देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।
Read More
‘रैयाँ चाँदीको’ गीत करोड क्लबमा प्रवेश

‘रैयाँ चाँदीको’ गीत करोड क्लबमा प्रवेश

पोखरा । यतिखेर हलमा प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आक्रमक व्यापार गरेको छ । अहिलेसम्म छोटो समयमा सबैभन्दा बढी व्यापार गरेको यो फिल्मले बाबु छोराको कथालाई प्रस्तुत गरेको छ । फिल्मले आक्रमक व्यापार गरिरहँदा फिल्ममा समावेश लोक लयको गीत ‘रैयाँ चाँदीको’ लाईपनि निकै रुचाएको छ । उक्त गीत करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । यस गीतलाई युट्युबमा करोड भ्युज मिलेको हो। सार्वजनिक भएको एक महिनामा यस गीतलाई करोड पटक हेरिएको हो । आशिष अविरल र मेलिना राईको स्वर रहेको गीत सार्वजनिक भएदेखि नै चर्चामा आएको थियो । लोकभाकामा आधारित गीत टिकटक र रिल्समा यो गीत भाइरल बनेको छ ।…
Read More
श्रीलंकन एयरलाइन्सको हवाई भाडा घट्यो

श्रीलंकन एयरलाइन्सको हवाई भाडा घट्यो

काठमाडौं । श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । नेपालमा नियमित उडान गरिरहेको यस एयरलाइन्सको श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ। कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको हो ।
Read More
लागु औषधसहित १ जना पक्राउ

लागु औषधसहित १ जना पक्राउ

पोखरा । पोखरामा लागू औषधसहित १ जना  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले  पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपील  घिमिरे लाई पक्राउ गरेको हो । उनको साथबाट लागु औषध डाइजापाम- २२८ एम्पुल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२ (छ सय बैसठ्ठी) एम्पुल लागू औषध र मोबाइल फोन थान-१ समेत  प्रहरीले बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट लागु औषध सम्बन्धी मुद्दामा  दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढेको प्रहरीले बताएको छ ।
Read More
कास्कीकोटमा जन्माअष्ठमीको अवसरमा भव्य कार्यक्रम

कास्कीकोटमा जन्माअष्ठमीको अवसरमा भव्य कार्यक्रम

श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा मनाउदै आईरहेको पर्व यस पटक पनि भव्यरुपमा मनाएको नेपाल वृन्दाबन धामकी कोषाध्यक्ष अ्म्बिका ढुङानाले बताईन । वृन्दाबन कास्कीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा हजारौं मानिसहरुको सहभागिता रहेको ढुङानाले बताईन ।  यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएको आयोजकले बताएका छ्न । यो जात्रामा दहीको होली खेल्ने परम्परा अन्य स्थानमा भन्दा फरक भएको उक्त स्थानमा भएको धार्मिक सस्थाहरुले दावी गरेका छ्न ।  यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो।  अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदनै…
Read More
कृष्ण भजनमा ओमकार भजन समुह प्रथम

कृष्ण भजनमा ओमकार भजन समुह प्रथम

पोखरा । पोखराकाे बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समुह प्रथम भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देविस्थान भजन समुह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समुह  तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्ध्यवासिनी मावि बाटुलेचौरले   सान्त्वना स्थान प्राप्त गरेको छ।  काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलिले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५० हजार, प्रमाणपत्र र सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रसार उपसमितिका संयोजक रामप्रसाद पौडेल घर्मेलीले जानकारी दिए। सहभागी…
Read More
नव आर्दशले ‘तिज महोत्सव’ गर्ने

नव आर्दशले ‘तिज महोत्सव’ गर्ने

पोखरा । नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले तीज महोत्सव एंव महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । नव आर्दशले मंगलबार केआईसिंह पुलमा रहेको गार्डेन रेष्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गरि भदौ १९ देखि २१ गते सम्म तीज महोत्सव एंव भलिबल प्रतियोगिता गर्ने जानकारी गराएको हो । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने समाजका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक दिनेश भण्डारी बताए । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.