Nidan Media

Headline

लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ

लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ

निदान मिडिया । कास्की प्रहरीले लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहेका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । बागलुङ बसपार्कबाट रोल्पा त्रिवेणी गापा वडा नं ७ स्थायी घर भई हाल पोखरा महानगरपालिका ४ नालामुख बस्ने वर्ष ४२ को प्रकाश थापा मगरलाई लागु औषध बिक्री गरेको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । साउन ३ गते पक्राउ परेका प्रकाशलाई ७ चक्की लागु औषधसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रकाश थापामगरले उक्त लागु औषध पृथ्वीचोक स्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा. श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका…
Read More
असोज १३ देखि दसैँका लागि सुकिला नोट

असोज १३ देखि दसैँका लागि सुकिला नोट

निदान मिडिया । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोट खोज्नेलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गरिने भएको छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा…
Read More
पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

राष्ट्रिय समाचार समिति (रासस) पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मंसिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ । यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त रु पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त रु…
Read More
श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

निदान मिडिया । पोखरामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने एकजना पक्राउ छन् । पक्राउ पर्नेमा कास्की अन्नपूण गाउँपालिका १ गौडाँडा घर भइ पोखरा महानगरपालिका–८ बस्ने ४२ वर्षीय जहरसिंह कुँवर छन् । सामान्य विवादको कारण श्रीमानको खुकुरी प्रहारबाट घाइते भएकी राधिकाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने जहरसिंहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । उनले आफ्नो श्रीमती ४० वर्षीया राधिका कुँवरलाई घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुको एक छोरा रहेको प्रहरीले जनाएको छ ।
Read More
गण्डकी प्रदेश सभा अधिवेशन २६ गतेबाट

गण्डकी प्रदेश सभा अधिवेशन २६ गतेबाट

निदान मिडिया । गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गते बस्ने भएको छ । सरकार परिर्वतन भएको दुई महिनापछि बैठक बस्न लागेको हो । गण्डकीको छैटौँ अधिवेशन अन्तर्गत असार १८ गतेको बैठकपछि प्रदेश सभा स्थगित गरिएको थियो । गण्डकी प्रदेश सभाबाट असार १७ गते आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको थियो । प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते सदन आह्वान गरेको जानकारी दिए । गण्डकी प्रदेश सभामा अहिले दुई विधेयक छलफलमा छन् । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी विधेयक छलफलका क्रममा छन् । ६० सदस्यीय प्रदेश…
Read More
बाढिले बगाउदा बाग्लुङमा ३ जनाको मृत्यु

बाढिले बगाउदा बाग्लुङमा ३ जनाको मृत्यु

बिहिबार राती परेको भीषण वर्षासंगै खोलामा आएको बाढीले बगाउँदा बागलुङमा ३ जनाको मृत्यु भएको छ । वागलुङ नगरपालिका वडा नं. ४ कुँडुले हुँदै बग्ने ब्रान्द्रेखोलामा आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बाढीमा परी बानपा ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बर को स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षिय अर्जुन सापकोटा २२ वर्षिय अविशेक रेग्मी र २० वर्षिय कमल सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी थिए ।
Read More
मुस्ताङमा स्याउ असोजअघि टिप्न नमिल्ने

मुस्ताङमा स्याउ असोजअघि टिप्न नमिल्ने

मुस्ताङमा स्याउ असोजअघि टिप्न नमिल्नेमुस्ताङमा स्याउ असोजअघि टिप्न नमिल्नेमुस्ताङमा स्याउ असोजअघि टिप्न नमिल्नेमुस्ताङमा स्याउ असोजअघि टिप्न नमिल्ने
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.