Nidan Media

Headline

‘शाम्बाला’ अस्कर अवार्डमा सिफारिस

‘शाम्बाला’ अस्कर अवार्डमा सिफारिस

पोखरा । मीनबहादुर भामद्धारा निर्देशित फिल्म ‘शाम्बाला’ अस्कर अवार्डमा सिफारिस भएको छ । आगमी मार्च ३, २०२५ मा अमेरिकमा हुने ९७ आंै अस्कर अवार्डको लागि आधिकारिक रुपमा नेपालबाट उक्त चलचित्र सिफारिस भएको हो । आवेदन दिनको लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र अस्करका सबै मापदण्ड यो फिल्मबाट पुग्ने जनाइएको छ । फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायत कलाकारहरूको अभिनय छ। गत भदौ २८ गतेदेखि नेपालका विभिन्न हलमा प्रदर्शन भएको उक्त फिल्मको व्यापार सुखद रहेको बुझिएको छ । दर्शक र समीक्षकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्।    
Read More
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

पोखरा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । यस वर्षको नवरात्र अर्थात् दशैँ यही असोज १७ गते बिहीबारदेखि शुरु हुँदैछ । त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ । सूचनामा उल्लेख भए अनुसार असोज २६ गते दशैको मुख्य दिन टीका लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दशै सकिने समितिले जनाएको छ ।  
Read More
श्रीलंकामा जनआन्दोलनपछि पहिलोपटक राष्ट्रपतिको चुनाव

श्रीलंकामा जनआन्दोलनपछि पहिलोपटक राष्ट्रपतिको चुनाव

एजेन्सी । श्रीलंकामा सन् २०२२ मा भएको जनआन्दोलनपछि आज पहिलोपटक राष्ट्रपतिको चुनाव भइरहेको छ। आन्दोलनमा देशको इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष सत्ताच्यूत भएका थिए थियो । यो चुनावलाई आर्थिक सुधारका कार्यक्रमहरुमाथि जनमतको रूपमा हेरिएको छ, जसले देशलाई स्थायित्वतर्फ लैजानुपर्ने अपेक्षा गरिएको छ । राजापाक्षको पलायनपछि सत्ता सम्हालेका हालका राष्ट्रपति रनिल विक्रमासिंघे चुनावी मैदानमा छन्। अर्थतन्त्र स्थिर बनाएको श्रेय पाएका विक्रामासिंघेमाथि आन्दोलन दबाउन कठोर कदम चालेको र राजापाक्ष परिवारलाई संरक्षण दिएको आरोप छ । उनको प्रमुख प्रतिस्पर्धीमा वामपन्थी नेता अनुरा कुमारा दासानायके र विपक्षी नेता सजीथ प्रेमदासा छन्। अपदस्थ राष्ट्रपति राजापाक्षका भतिज नमल राजापाक्ष पनि प्रमुख…
Read More
४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास

४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास

पोखरा, कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ । शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार भएकैले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए । प्रदेश सरकारकै सहयोगमा गाउँपालिकामा गाउँ–गाउँमा मोटरबाटो…
Read More
खुल्यो धरहरा, दैनिक पाँच सय जनाले चढ्न पाउने

खुल्यो धरहरा, दैनिक पाँच सय जनाले चढ्न पाउने

काठमाडौं सरकारले आज (बिहीबार) देखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी संविधान दिवसको अवसर पारेर धरहरा सञ्चालन गरेको हो । अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तत्कालका लागि शुल्क नलाग्ने जनाएको छ । २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको छ। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
Read More
संघर्ष र बलिदानको सम्झना र सम्मान ः प्रदेश प्रमुख भट्ट

संघर्ष र बलिदानको सम्झना र सम्मान ः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । दिवसको शुभकामना सन्देश जारी गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सम्मान प्रकट गरेका छन् । नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरुप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान पनि भट्टले गरे । ‘‘‘वर्तमान संविधानले…
Read More
पोडवे ः सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

पोडवे ः सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

काठमाडौं  भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सहआयोजनामा गत भदौ २७ र २८ गते सो सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनबाट प्राप्त भएको निष्कर्षलाई सुत्रबद्ध गरेर सरकारलाई बुझाइने आयोजकमध्येको एक परिसङ्घले जनाएको छ । सो सम्मेलनमा खासगरी वैकल्पिक सार्वजनिक सवारी साधनको रुपमा विकसित पोडवेबारेमा अधिकांशको चासो रहेको पाइएको थियो । सम्मेलनस्थलमा पूर्वाधार, यातायात,…
Read More
आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु

रासस - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय…
Read More
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध

विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो, ” उनले भने । मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे । आजको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग…
Read More
ऐतिहासिक पदक विजेता पलेसालाई पोखरा महानगरद्वारा सम्मान

ऐतिहासिक पदक विजेता पलेसालाई पोखरा महानगरद्वारा सम्मान

पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरिएको हो । पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिएको हो। ‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ,’ नगर प्रमुख आचार्यले भने, ‘यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.