Skip to content

गण्डकीमा चिनियाँ दूतावासले सुरु गर्‍यो स्मार्ट कक्षा

पाेखरा- नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षाको सुरुवात गरेको छ ।

नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन र प्रतिभा विकासलाई बढावा दिन प्रमुख कदमको रूपमा लिएको दूताबासले जनाएको छ ।

हुवावेको अत्याधुनिक शैक्षिक प्रविधिले सुसज्जित कक्षा कोठा माघ ६ गते लमजुङको क्ह्लोसोथार गाउँपालिकास्थित बुद्धोदय माध्यमिक विद्यालयमा आधिकारिक रूपमा उद्घाटन गरिएको थियो ।

यस परियोजनामा प्रमुख साझेदारको रूपमा हुवावेले अत्याधुनिक सिकाइ समाधानहरू प्रदान गरेको छ । जसमा हुवावे आइडिया हब (इंटरएक्टिव व्हाइटबोर्ड), ल्यापटपहरू, डेस्कटपहरू, वाइफाइ, पूर्वाधार र समग्र अनलाइन सिकाइ प्लेटफर्महरू समावेश छन् ।

यो पहलले डिजिटल खाडललाई कम गर्न मद्दत गर्ने र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उच्च–गुणस्तरको शैक्षिक सामग्रीमा पहुँच र विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्न सक्ने कुरा सुनिश्चित भएको छ ।

उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए ।

त्यस अवसरमा मन्त्री गुरुङले भने, ‘यो पहलले ग्रामीण नेपालमा डिजिटल खाडललाई कम गर्ने र शैक्षिक अवसरहरू बढाउने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ ।’

बुद्धदया माध्यमिक विद्यालयमा उन्नत प्रविधि ल्याउनको लागि चिनियाँ दूतावास, हुवावे नेपाल र सञ्चार मन्त्रालयबीचको सहकार्य भएकोमा मन्त्री गुरुङले प्रसन्नता व्यक्त गरे ।

नेपालका लागि चीनका राजदूत चेन सोङको विशेष भिडियो सन्देशमा भनिएको छ, ‘यो परियोजना चीन–नेपाल सहयोग र डिजिटल शिक्षा बढाउने हाम्रो प्रतिबद्धताको प्रदर्शन हो ।’

‘बुद्धोदय माध्यमिक विद्यालयलाई नवीनतम स्मार्ट कक्षाकोठा समाधानहरूले सुसज्जित गरेर, हामी प्रतिभाको अर्को पुस्तालाई बढावा दिने, प्रविधि मार्फत शिक्षामा रहेको खाडललाई कम गर्ने लक्ष्य राख्छौं । हामी यो दृष्टिकोणलाई वास्तविकता बनाउन हुवावेसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं र नेपालभरि यस्तै पहलहरूको लागि तत्पर छौं’, राजदूत सोङले भने ।

हुवावे नेपालका प्रमुख प्राविधिक अधिकृत ली सियाओवेईले परियोजनाको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हुवावेमा, हामी जीवन सुधार गर्न प्रविधिको शक्तिमा दृढ विश्वास गर्छौं ।’

चिनियाँ दूतावास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपालसँगको यो सहकार्य ग्रामीण नेपालका विद्यार्थीहरूले आधुनिक शैक्षिक उपकरणहरू र स्रोतहरू पहुँच गर्न सक्ने सुनिश्चित गर्न एक महत्वपूर्ण कदम रहेको छ ।

नेपालको डिजिटल नेपाल फ्रेमवर्क अनुरूप, हुवावे देशको आईसीटी इकोसिस्टमलाई सुदृढ पार्न र दिगो, प्रविधि–संचालित समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

गण्डकी प्रान्तमा स्मार्ट कक्षाकोठामा हुवावेको योगदानले कर्पोरेट सामाजिक उत्तरदायित्वप्रतिको यसको निरन्तर प्रतिबद्धता र नेपालको सामाजिक–आर्थिक विकासप्रतिको यसको समर्पणलाई प्रदर्शन गरेको कम्पनीको दाबी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x