काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको भाउ बढ्दा चाँदीको घटेको छ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा पाँच सय बढ्दा चाँदीको ३५ रुपैयाँ घटेको हो ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार तीन सय रुपैयाँ रहेको थियो ।
यता, बुधबार प्रतितोला चार हजार चार सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार तीन सय ९० रुपैयाँ कायम भएको छ।




