सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ असोज ४ गते शनिबार, इस्वीसंवत सेप्टेम्बर १९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ)पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण(पितृ)पक्षको चतुर्दशी तिथि रातिमा ११ः५१ बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ । नक्षत्रमा मघा बिहानमा ९ः१७ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ४० घटि ३० पलासम्म त्यसपछि शुभ योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।
सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३० घटि २४ पला अर्थात १२ घण्टा ११ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः५१ बजे यम मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ४ः१५ बजे र अस्ताउने समय भोलि दिनमा ५ः१६ बजे रहेको छ । आज सोह्रश्राद्धको चतुर्दशी तिथिको श्राद्ध गर्ने दिन रहेको छ ।
आजको राशिफल
मेषः आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् ।
वृषः आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तु प्राप्तिको योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रसँग आज भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ ।
मिथुनः आज समय त्यत्ति शुभ छैन । आत्मिय मित्रका सहयोग नपाउँदा थालेका काम बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ ।
कर्कटः आज समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।
सिंहः आज समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला नतिजा राम्रो आउने छैन । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ ।
कन्याः आज समय राम्रै छ । विभिन्न अवसर आउने देखिन्छ । पढाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशीयाली छाउनेछ ।
तुलाः आज समय मध्यम खालको छ । दाजुभाइ तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सृजना हुन सक्छ । अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।
वृश्चिक: आज समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आइलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिको महसूस हुनेछ । आम्दानी गर्न मुस्किल पर्नेछ ।
धनुः आज समय राम्रो छैन । विद्यामा अरु भन्दा पछि परिने हुदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हँुदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । पूर्वतर्फको यात्रामा सतर्क हुनुहोला ।
मकरः आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका श्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आय स्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । भौतिक वस्तुबाट लाभ पाइनेछ ।
कुम्भः आज दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले काम बन्नेछन् । आज नयाँ काम पाउने योग रहेको छ ।
मीनः आज समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः४९ बजेदेखि ७ः२१ बजेसम्म काल बेला
बिहान ७ः२१ बजेदेखि ८ः५३ बजेसम्म शुभ बेला
बिहान ८ः५३ बजेदेखि १०ः२६ बजेसम्म रोग बेला
बिहान १०ः२६ बजेदेखि ११ः५८ बजेसम्म उद्धेग बेला
दिनमा ११ः५८ बजेदेखि १ः३१ बजेसम्म चर बेला
दिनमा १ः३१ बजेदेखि ३ः०३ बजेसम्म लाभ बेला
दिनमा ३ः०३ बजेदेखि ४ः३५ बजेसम्म अमृत बेला
दिनमा ४ः३५ बजेदेखि ६ः०८ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः०८ बजेदेखि ७ः३६ बजेसम्म शुभ बेला
साँझ ७ः३६ बजेदेखि ९ः०३ बजेसम्म रोग बेला
राति ९ः०३ बजेदेखि १०ः३१ बजेसम्म उद्धेग बेला
राति १०ः३१ बजेदेखि ११ः५८ बजेसम्म चर बेला
राति ११ः५८ बजेदेखि १ः२६ बजेसम्म लाभ बेला
राति १ः२६ बजेदेखि २ः५४ बजेसम्म अमृत बेला
रातिमा २ः५४ बजेदेखि ४ः२१ बजेसम्म काल बेला
रातिमा ४ः२१ बजेदेखि ०५ः४९ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।