Nidan Media

आज श्रीगणेशको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ भदौ ३१ गते मंगलबार, इस्वीसंवत सेप्टेम्बर १६ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ)पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण(पितृ)पक्षको दशमी तिथि रातिमा २ः४३ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा आद्रा बिहानमा १०ः३० बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ३ घटि २३ पलासम्म त्यसपछि परिध योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३० घटि ४० पला अर्थात १२ घण्टा १७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः५० बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः०६ बजे र अस्ताउने समय भोलि दिनमा २ः४५ बजे रहेको छ । आज सोह्रश्राद्धको दशमी तिथिको श्राद्ध गर्ने दिन रहेको छ । आज विश्व ओजन तह बचाउ दिवस पनि परेको छ ।

आजको राशिफल

मेषः आज अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

वृषः आज छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

मिथुनः आज प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा समय बित्नेछ ।

कर्कटः आज दिन रमाइलो छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । समग्रमा समय शुभ छ ।

सिंहः आज प्राकृतिक स्रोत तथा साधनको कारोबारबाट मनग्गे आम्दानी हुनेछ । आम्दानिका स्रोत फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने देखिन्छ ।

कन्याः आज समय मध्यम खालको नै छ । महत्वपुर्ण जिम्मेवारी सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सांगीतिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुलाः आज माईती तथा चेलिबिचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यसम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । बिलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, समय भरपर्दो रहेको छैन । आज दक्षिण दिशाको यात्रा पनि गर्नुहोला ।

वृश्चिकः आज आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमासँग विवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समस्या आउने देखिन्छ । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्याउन सक्छन्, ध्यान दिनुहोला ।

धनुः आज दाजुभाई तथा छिमेकीबाट तपाईले गर्नुभएको कामको उच्च मूल्याङ्कन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तै नाफा कमाउन सकिनेछ । छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । साथीको सहयोगले मन प्रशन्न रहनेछ ।

मकरः आज स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउन सकिने हुनाले दैनिकी फेरिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफूले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ ।

कुम्भः आज समय खराब रहनेछ । नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ । कुनै मन बिझाउने घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्युन हुनेछ । दैनिक आवश्यकता टार्न मुस्किल पर्नेछ ।

मीनः आज समय राम्रो छैन । तपाइँको खुट्टा तान्ने सक्रिय हुनेछन् । जागीरबाट नताव उत्पन्न हुने देखिन्छ । आर्थिक अवस्था कमजोर रहनेछ । आज यात्रा नगर्दा राम्रो हुनेछ । परिवारमा पनि झगडा पर्न सक्ने देखिन्छ, त्यसबाट तपाइँ परै बस्नुहोला ।

साहित (यात्रा) : सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४९ बजेदेखि ७ः२१ बजेसम्म रोग बेला
बिहान ७ः२१ बजेदेखि ८ः५३ बजेसम्म उद्धेग बेला
बिहान ८ः५३ बजेदेखि १०ः२६ बजेसम्म चर बेला
बिहान १०ः२६ बजेदेखि ११ः५८ बजेसम्म लाभ बेला
दिनमा ११ः५८ बजेदेखि १ः३१ बजेसम्म अमृत बेला
दिनमा १ः३१ बजेदेखि ३ः०३ बजेसम्म काल बेला
दिनमा ३ः०३ बजेदेखि ४ः३५ बजेसम्म शुभ बेला
दिनमा ४ः३५ बजेदेखि ६ः०८ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०८ बजेदेखि ७ः३६ बजेसम्म उद्धेग बेला
साँझ ७ः३६ बजेदेखि ९ः०३ बजेसम्म चर बेला
राति ९ः०३ बजेदेखि १०ः३१ बजेसम्म लाभ बेला
राति १०ः३१ बजेदेखि ११ः५८ बजेसम्म अमृत बेला
राति ११ः५८ बजेदेखि १ः२६ बजेसम्म काल बेला
राति १ः२६ बजेदेखि २ः५४ बजेसम्म शुभ बेला
रातिमा २ः५४ बजेदेखि ४ः२१ बजेसम्म रोग बेला
रातिमा ४ः२१ बजेदेखि ०५ः४९ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.