सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ भदौ ३० गते सोमबार, इस्वीसंवत सेप्टेम्बर १५ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ)पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण(पितृ)पक्षको अष्टमी तिथि बिहानमा १ः४१ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा मृगशिरा बिहानमा ११ः४३ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि १० घटि १२ पलासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा आनन्द रहनेछ ।
सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३० घटि ४४ पला अर्थात १२ घण्टा १९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः४९ बजे मित्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः०३ बजे र अस्ताउने समय भोलि दिनमा १२ः४८ बजे रहेको छ । आज सोह्रश्राद्धको नवमी तिथिको श्राद्ध गर्ने दिन रहेको छ । आज जितिया पर्व पनि परेको छ ।
आजको राशिफल
मेषः आज पनि समय शुभ छ । थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेटेर नयाँ कामको योजना बनाउन सकिनेछ । पढाई लेखाईमा पनि भनेजस्तो सफलता हात लाग्ने हुँदा अरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ ।
वृषः आज पनि समय शुभ छैन । अल्छी गर्ने बानीले महत्वपूर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयको ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगीसँग मनमुटाबको सिर्जना हुनेछ भने आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानी गर्ने अवसर आए पनि समयले साथ नदिंदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद गर्नु पर्दा मानसिक तनाव बढ्नेछ ।
मिथुनः आज पनि समय अत्यन्तै शुभ छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाईनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गरी अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । आज सकभर उत्तरतर्फको काम नगर्नुहोला ।
कर्कटः आज पनि समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु अधुरै नै रहनेछन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगर्दा कामहरु थाती रहनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँदा विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।
सिंहः आज पनि समय शुभ छ । बिभिन्न अवसरको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले उत्साह जगाउनेछ । सुन्दर तथा विलासी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
कन्याः आज पनि समय सामान्य छ । तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा शत्रुहरु सलबलाउनेछन् । न्यायालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनावश्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।
तुलाः आज पनि समय राम्रो छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
वृश्चिकः आज पनि समय शुभ छैन । भौतिक सम्पति तथा सवारी साधनको खरिद बिक्री गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । नीति नियम तथा कानुनको पालना नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछिको समय राम्रो रहेकोले व्यापारमा बढोत्तरीको योग रहेकोछ भने आर्थिक अवस्था सुदृढ हुनेछ ।
धनुः आज समय शुभ छ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ-नयाँ बाटाहरु फेला पर्नेछन् भने सानोतिनो प्रयत्नले ठूलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ ।
मकरः आज समय राम्रो रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले समाजमा तपाईको कामबाट सबै जना खुसी हुनेछन् भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएका कामहरु पुनः सुचारु हुने हुनाले मन प्रशन्न रहनेछ । अध्ययनमा सुधार हुँदै जाने योग रहेकोछ ।
कुम्भः आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुःख पाईनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पहिले गरिएका लगानीबाट मनग्य आम्दानी हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । मिष्टान्न भोजनका साथ परिवारका सदस्यसँग रमाउन सकिनेछ ।
मीनः आज समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नातासमेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो-छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ । आज तपाइँले आर्थिक कारोबार र पश्चिमतर्फको यात्रा नगर्दा नै राम्रो हुनेछ ।
साहित (यात्रा): सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः४९ बजेदेखि ७ः२१ बजेसम्म अमृत बेला
बिहान ७ः२१ बजेदेखि ८ः५३ बजेसम्म काल बेला
बिहान ८ः५३ बजेदेखि १०ः२६ बजेसम्म शुभ बेला
बिहान १०ः२६ बजेदेखि ११ः५८ बजेसम्म रोग बेला
दिनमा ११ः५८ बजेदेखि १ः३१ बजेसम्म उद्धेग बेला
दिनमा १ः३१ बजेदेखि ३ः०३ बजेसम्म चर बेला
दिनमा ३ः०३ बजेदेखि ४ः३५ बजेसम्म लाभ बेला
दिनमा ४ः३५ बजेदेखि ६ः०८ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः०८ बजेदेखि ७ः३६ बजेसम्म काल बेला
साँझ ७ः३६ बजेदेखि ९ः०३ बजेसम्म शुभ बेला
राति ९ः०३ बजेदेखि १०ः३१ बजेसम्म रोग बेला
राति १०ः३१ बजेदेखि ११ः५८ बजेसम्म उद्धेग बेला
राति ११ः५८ बजेदेखि १ः२६ बजेसम्म चर बेला
राति १ः२६ बजेदेखि २ः५४ बजेसम्म लाभ बेला
रातिमा २ः५४ बजेदेखि ४ः२१ बजेसम्म अमृत बेला
रातिमा ४ः२१ बजेदेखि ०५ः४९ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।