Nidan Media

आज एकै दिनमा चर र रोग बेला पनि परेको छ, महालक्ष्मीको प्रिय दिनमा राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ भदौ २७ गते शुक्रबार, इस्वीसंवत सेप्टेम्बर १२ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ)पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण(पितृ)पक्षको पञ्चमी तिथि दिनमा १ः३४ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा भरणी दिनमा ४ः२५ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्याघात ३२ घटि ४८ पलासम्म त्यसपछि हर्षण योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३० घटि ५६ पला अर्थात १२ घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः४८ बजे विभिषण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः१० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ९ः१३ बजे र अस्ताउने समय भोलि बिहानमा १०ः३० बजे रहेको छ । आज सोह्रश्राद्धको पञ्चमी र षष्ठी तिथिको श्राद्ध गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेषः आज धन आर्जनको विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

वृषः आज विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ नदिन सक्नेछन् । सतर्क हुन आवश्यक छ ।

मिथुनः आज समयले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउने छन् । टाढिएका शुभचिन्तक नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । समय सही सदुपयोग गर्नुहोला ।

कर्कटः आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा  काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।

सिंहः आज गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।

कन्याः आज बाेलेका वचन पुर्‍याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेहरूले दुःख देलान् । मानसम्मानमा आघात पुग्न सक्छ । तापनि, शुभचिन्तकको माध्यमबाट स्थितिमा सुधार आउनेछ ।

तुलाः आज नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बाध्यताले अल्मल्याउन सक्छ । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

वृश्चिकः आज पनि परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ  । अवसरको खोजीमा दौडधूप गर्नुपर्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझ्दारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ला । टाढाको यात्रा गर्ने अवसर भने प्राप्त हुन सक्ने देखिछ ।

धनुः आज नोकरीमा प्रतिस्पर्धीलाई हराउँदै अघि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुँने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाईंकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेम झन् कसिलो भएर जानेछ ।

कुम्भः आज समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनुहोला । आलोचना गर्नेहरु सक्रिय रहनेछन्, सतर्क हुनुहोला ।

मीनः आज सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुँनेछन् । पढाई लेखाई तपाईं आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बीच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथीसँग अबिश्वास बढेर जानेछ ।

साहित (यात्रा): सूर्य सिंह राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४५ बजेदेखि ७ः१९ बजेसम्म चर बेला
बिहान ७ः१९ बजेदेखि ८ः५३ बजेसम्म लाभ बेला
बिहान ८ः५३ बजेदेखि १०ः२७ बजेसम्म अमृत बेला
बिहान १०ः२७ बजेदेखि १२ः०१ बजेसम्म काल बेला
दिनमा १२ः०१ बजेदेखि १ः३५ बजेसम्म शुभ बेला
दिनमा १ः३५ बजेदेखि ३ः०८ बजेसम्म रोग बेला
दिनमा ३ः०८ बजेदेखि ४ः४२ बजेसम्म उद्धेग बेला
दिनमा ४ः४२ बजेदेखि ६ः१६ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१६ बजेदेखि ७ः४२ बजेसम्म लाभ बेला
साँझ ७ः४२ बजेदेखि ९ः०८ बजेसम्म अमृत बेला
राति ९ः०८ बजेदेखि १०ः३५ बजेसम्म काल बेला
राति १०ः३५ बजेदेखि १२ः०१ बजेसम्म शुभ बेला
राति १२ः०१ बजेदेखि १ः२७ बजेसम्म रोग बेला
राति १ः२७ बजेदेखि २ः५३ बजेसम्म उद्धेग बेला
रातिमा २ः५३ बजेदेखि ४ः२० बजेसम्म चर बेला
रातिमा ४ः२० बजेदेखि ०५ः४६ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.