Skip to content

डीएलएस मेथडमा यूएईलाई ५ रनले हराउँदै नेपालकाे विजयी शुरुआत

आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको हो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपाल डीएसएल मेथडका आधारमा विजयी भएको हो । यूएईका यकिन किरन रेले नटआउट १०४ रन बनाए । नेपालका सन्तोष यादव र अशोक धामीले २/२ विकेट लिए ।

यसअघि मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो । केही दिनदेखिको वर्षाका कारण मैदान चिसो भएका कारण ढिलो शुरू भएको खेल ४० ओभरमा झारिएको हो । नेपालका कप्तान नरेन भट्टले सबैभन्दा धेरै ६७ रन बनाए । यूएईका उद्दीश सुरीले ३ विकेट लिए ।

यस्तै अर्काे खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको छ ।

एशिया छनोटमा नेपाल, यूएईसहित अफगानिस्तान, हङकङ र ओमान सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ ।

प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x