Skip to content

जनताले उठाएका आवाजलाई सरकारले नजरअन्दाज गर्दैछ’

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधी सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानून अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन् ।

‘संविधान र लोकतन्त्रको पक्षधर पार्टी र सरकारले जनतामा देखेका निरासा आक्रोस र विरोधलाई नजरअन्दाज गर्नुहुदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको परिधीमा रहि लोकतन्त्रको बाटोबाट हेर्दा जनताले प्रश्न गर्नु उनीहरुको अधिकार हो । यसलाई आत्मसाथ गर्दै गम्भिर समिक्षा गर्नुपर्छ,’ उनले भने ।
उनले राजतन्त्र नआउने र आउन नदिने भन्दै उन्नत लोकतन्त्रको साथ अगाडि बढ्ने पनि बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x