काठमाडौँ- यू १९ महिला विश्वकपमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ। मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन्। नेपाली टोलीमा २ परिवर्तन गरिएको छ।
बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले मौका पाएका छन्। पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।