Skip to content

 नेशनल प्याब्सन खेलकुद महोत्सव तयारी, करिव ८५ सय विद्यार्थी सहभागि हुँदै

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ हुने भएको छ । ‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसिर २५ देखि २८ गते सम्म चल्ने नेशनल प्याव्सन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी दिइयो ।
मंसिर २५ गते औपचारिक उद्घाटन भएपनि २१ गते देखि अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।  खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय  खेलाडी विद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने अधिकारीले जानकारी दिए । जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् । त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७  कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसिर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् । जिनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ । त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ ।
खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।  मंसिर २१ गतेदेखि अनौपचारिक खेलहरू सुरु भई मंसिर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम सम्पन्न गर्न करिव ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रमलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
रनिङ शिल्डको अनावरण
एन प्याव्सन कास्कीले ट्रफीको अनावरण गरेको छ । १४ औं खेलकुद महोत्सवमा च्याम्पियन विद्यालयलाई प्रदान गर्ने रनिङ शिल्डको अनावरण गरिएको हो । रनिङ शिल्डको प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष धोज कुमार गुरुङ र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा अनावरण गरेका थिए । चाँदी जडित उक्त रनिङ शिल्ड १ लाख २५ हजार मा बनेको  अध्यक्ष अधिकारीले बताए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x