Skip to content

प्रतिभा माविका सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड

पोखरा ।

पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्टे«लियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन् ।

अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको हो ।

तीनदशकदेखि शैक्षिक क्षेत्रमा योगदान दिएका सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा यस्तै अवार्ड प्रदान गरेको थियो ।

नेपालको शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तित्व र विद्यालयलाई कलेज रिडर्सले वर्षेनी पुरस्कृत गर्दै आएको छ । यसै अवसरमा प्रतिभा माविले काठमाडौं उपत्यका बाहिरको उत्कृष्ट प्लस टुको अवार्ड पनि पाएको छ । उत्कृष्ट नतिजा र व्यवस्थापनमा अब्बलताका सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक ब्यक्ति संलग्न निर्णयक टिमको सिफारिसको आधारमा सम्मान गरिएको थियो । ‘यो सम्मान र अवार्डले पोखराको शैक्षिक क्षेत्र अझ उत्कृष्ट बनाउने जिम्मेवारी हामीमा थपिएको छ,’ सापकोटाले भने ।

पोखराको प्रतिभा माविले हरेकवर्ष हात पारेको बोर्ड परीक्षाको उत्कृष्ट रिजल्ट र बोर्ड परीक्षा पछि विभिन्न प्रवेश परीक्षामा हात पारेको उत्कृष्टताको आधारमा अवार्ड पाउन सफल भएको सापकोटाले बताए । प्रतिभाले यो वर्ष बिएससी नर्सिङतर्फ नेपालमै पहिलो र इन्जिनियिरङतर्फ नेपाल तेश्रो स्थान हात पारेको थियो । प्रतिभा माविमा पोखरामा सबैभन्दा बढी विद्यार्थीले अध्ययन गर्छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x