आज शुक्रबार दुई नयाँ नेपाली फिल्म ‘सिटामोल‘ र ‘मोहर’ प्रदर्शनमा आएका छन्। ‘सिटामोल’ सशस्त्र जनयुद्धको घाइतेको कथामा आधारित छ, जसमा सौगात मल्ल लगायतका कलाकारको अभिनय छ। यस्तै ‘मोहर’ देउकी प्रथामा आधारित छ, जसलाई ओम प्रतीकले लेखेका हुन् र यसमा पल शाह र नीति शाहको अभिनय रहेको छ।
`सिटामोल´राज बहादुर सानेले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, पवन भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ।
त्यस्तै `माेहर´ देउकी कथामा बनेको फिल्म हो । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतीकको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । बेनिशा हमालका दुई फिल्म आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।