Skip to content

‘माइतीघर’को फस्टलुक सार्वजनिक, दशैंको फूलपातिमा रिलिज

रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को फस्टलुक रिलिज भएको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरुलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुलाल यो फिल्मका कार्यकारी निर्माता हुन् ।

रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । यो फिल्म दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ । फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको फस्टलुकमा कलाकारहरुको पात्र चित्रण गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको वुझ्न सकिन्छ । फिल्म ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् । रोहितले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै, फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x