पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश र कास्की कार्यसमितिको संयुक्त आयोजनामा शुभ दीपावली, नेपाल सम्वत एंव छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा मौलीक देउसी भैलो कार्यक्रको हुने भएको छ ।
कार्यक्रम संयोजक माया गुरुङले कत्तिक १४ गते बुधबार कार्यक्रम हुने बताइन । दिउँसो १ बजेदेखी सुरु हुने कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका कलाकार उक्त कार्यक्रममा सहभागी हुने छन् ।