शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने आक्रामक देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्नबाट फिल्म हेर्ने दर्शको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका हलहरुले हिन्दी फिल्मको शोज कटौती गरेर ‘मोहर’को शोज थपेका थिए ।
फिल्मले पोखरा, बुटवल, चितवनमा पनि सुखद व्यापार गरिरहेको छ । शनिबार दिनभर नै फिल्मका निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हल पुगेका थिए । काठमाडौंको अष्टनारायण हलमा दर्शकको भिड लागेको थियो । नायक पल शाहले दर्शकहरुलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए । दर्शकको उच्च साथ र सकारात्मक वर्ड अफ माउथले आफूहरु उत्साहित भएको नायिकाद्धय बेनिशा हमाल र नीति शाहले बताए ।
आज आइतबार पनि फिल्मले सुखद व्यापार गरिरहेको छ । काठमाडौं र मोफसलका हलमा आजको अकुपेन्सी पनि उच्च छ । फिल्मका वितरक करण श्रेष्ठले ‘मोहर’ले केही महिनादेखि देखिएको नेपाली फिल्मको व्यापारीक खडेरीलाई चिरेको बताए । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्मलाई चुम्बन जंग शाहीले लगानी गरेका हुन् । यसैबिच, नायक पल शाह आज पूर्वका विभिन्न हलमा दर्शक भेट्न पुगेका छन् । काठमाडौंका हलमा भने नायिकाद्धय बेनिशा हलमा र नीति शाह पुगिरहेका छन् । फिल्मको वर्ड अफ माउथ बलियो छ । यसकारण, यसले आगामी दिनमा पनि दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।