Skip to content

कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।
भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।

उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए ।

नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा भैरहवा आएका डा. भट्टराईले कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाट गर्नुभएको नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य पङ्कज राईले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x