Skip to content

भारतीय विदेश सचिव मिश्री भदौ १ मा नेपाल आउँदै

भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते ९अगष्ट १७० दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मिश्रीको भ्रमण उच्चस्तरीय राजनीतिक छलफल तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले तय गरिएको हो ।

काठमाडौं बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा तथा अन्य उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मिश्रीको भ्रमणलाई प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, ओलीको भ्रमण भदौ ३१ गतेका लागि प्रस्तावित छ। यसअघि साउनको सुरुवातमा नै प्रधानमन्त्री कार्यालयले भारत भ्रमणको तयारी भइरहेको संकेत दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिँदै भनेको छ, ूविदेश सचिव मिश्रीको भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत यात्रा, पारस्परिक हितका विषयहरू, द्विपक्षीय सहकार्यका सम्भावनाहरू, सीमा तथा व्यापार सम्बन्धी विषयहरूमा पनि छलफल हुने सम्भावना छ ।

मिश्रीको यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्वादलाई तिव्रता दिने र उच्चस्तरीय राजनीतिक सहकार्यलाई संस्थागत गर्ने विश्वास गरिएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x