Skip to content

जिल्ला समन्वय समिति म्याग्दीकी उप–प्रमुख विरुद्ध दोहोरो सुबिधा लिएकाे भन्दै अख्तियार उजुरी

पाेखरा । सरकारी सवारी साधनको दुरुपयोग गरेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीकी उप–प्रमुख दिल कुमारी खत्री विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । जेठ १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उनी बिरुद्ध मुद्दा दर्ता भएको हो ।

उजुरी अनुसार, उप–प्रमुख खत्रीले सवारी खर्च नलिने प्रतिबद्धता जनाएपछि पनि सरकारी सेतो नम्बर प्लेटको बा.२ज.५५९ नम्बरको निशान कम्पनीको पिकअप हाइलक्स गाडीलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको ८१८२७–०७०९४६ नम्बरमा दर्ता भएको उजुरीमा उल्लेख छ । उक्त गाडीलाई विदाको दिनहरूमा समेत घरायसी काममा प्रयोग गरिएको आरोप उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीकर्ताका अनुसार, खत्रीले राज्यकोषबाट सवारी खर्च नलिने भनी रकम बुझिसकेपछि पनि सरकारी सवारी साधनको दोहोरो प्रयोग गरी सरकारी सम्पत्तिको हिनामिना र दुरुपयोग गरेको आरोप लगाइएको छ । यसले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसार भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको संकेत गर्दछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस उजुरीलाई गम्भीरतापूर्वक लिँदै प्रारम्भिक अनुसन्धान थालेको छ । यस प्रकरणले सरकारी पदाधिकारीहरूले सार्वजनिक सम्पत्तिको प्रयोगमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीकी उप–प्रमुख दिल कुमारी खत्रीले आफुले कुनै गलत काम नगरेको दावी गरिन । ‘मैले कुनै पत्रमा गाडी लिन्न भनेको छैन,‘उनले भनिन्,‘ कार्याक्रममा जाँदा मात्र गाडी प्रयोग गरेको छु ।’ समन्वय प्रमुख राजकुमार थापा विरुद्ध सहकारी मुद्दामा पुर्वपक्षको लागी थुनामा रहेका छन् । प्रमुखको गाडी खाली भएपछी केही कार्याक्रममा जानको लागी मात्र उक्त गाडी प्रयोग गरेको उनको भनाई छ । व्यक्तिगत रिसीविको हिसावले मलाई उजुरी गरेको उनले बताईन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x