Skip to content

वन क्याम्पस नजिकै युवा मृत्यु काण्ड : संगै काम गर्ने साथी प्रहरी नियन्त्रणमा

पोखरा  । पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहानै सडकमा युवकको शव फेला पर्यो ।

सबैले उक्त घटनामा हत्या भएको भन्ने आशंका गरे । यो संगै प्रहरीले अनुसंधान पनि तिव्र रुपमा अघि बढायो । मृतक युवक १९ वर्षका मनोज भुजेल हुन । तनहुँ घर भएका भुलेज पोखरा १४ मा बस्थे । भुजेलको हत्याको आशंकामा स्याङ्जा घर भई पोखरा १४ बस्ने पवन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रानाले ग १ त ३३२० नम्बरको ट्याक्टर चलाउथे ।

मृतक भुजेल, चालक राना र एक युवाले आइतबार बेलुका पोखरा महतगौडामा काम गरेका थिए । काम सकिए लगतै उनीहरुले मादक पदार्थ सेवन गरेका थिए । सेवन पछी उनीहरु कम्पनीमा फर्कने क्रममा भुजेल र घन एकैपटक ट्याक्टरबाट खसेको रानाले प्रहरीलाई बयान दिएको प्रहरी अधिकारी बताउछन् । भुजेलको टाउकोमा घनले नहानेको रानाको दावी छ । घटनास्थल हेर्दा टाउकोमा चोट लागेको र शव नजिकै घन भएको हुँदा घनले हानेर हत्या गरेको जस्तो देखिन्थो । तर ट्याक्टरबाट खसेपछी टायरले उनको टाउको किचेको रानाले प्रहरीलाई बताएका छन् । उनको मृत्यु भएको सोही समयमा नै थाहा पाएको तर डरको कारण प्रहरी र अन्यलाई खबर नगरेको रानाले अनुसंधानमा खटिने प्रहरीलाई बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले घनले हानेको वा ट्याक्टरले किचेको भन्ने अझै एकिन नभएको बताए । पोष्टमार्ट रिपोटमा के आउँछ त्यो अनुसार प्रहरीको अनुसंधान अघि बढ्ने बस्नेतको भनाई छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x