Skip to content

शिव सेना नेपाल अध्यक्ष बस्नेत पक्राउ

तीनकुने घटना प्रकरणमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ । राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएपछि उनी पक्राउ परेको राजावादी अभियन्ता रमा सिंहले जानकारी दिइन् ।

गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले झण्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी राखेका बेला उनी पक्राउ परेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x