Skip to content

 ठगीमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, १२ वैशाख । नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भनी ठगी गर्दै आएका पाँच जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बुधबार राति काठमाडौं महानगरपालिका–९ स्थित सिनामंगलको *शिव सताक्षी गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बंगलादेश चट्टोग्रामका ५० वर्षीय Mohammed Mostafijur Rahaman, चाँदपुरका ४१ वर्षीय Muhammad Farhad Husain Chowdhury, ४६ वर्षीय Abu Yusuf Md Hanif, मागुराका ४७ वर्षीय Miltan उर्फ Kazi Shahatab Husen, र बागिरथ सदर थाना कान्दापराका ४० वर्षीय Azim Molick रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै एजेन्टमार्फत बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाउने गर्थे। प्रति व्यक्ति ३,५०० अमेरिकी डलरको दरले १३ जनाबाट कूल ४५,५०० अमेरिकी डलर उठाई सम्पर्कबिहीन भएका थिए।

उनीहरूको साथबाट प्रहरीले
– १९ थान राहदानी,
– ४ थान मोबाइल फोन,
– ९,८५० अमेरिकी डलर,
– ३९,९०५ बंगलादेशी टाका
– र २५,००० नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।
ठगीमा संलग्न अभियुक्तहरूलाई थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x