Skip to content

एमसीसी बन्द, सबै कर्मचारी हटाइने

अमेरीकी अनुदानमा नेपालमा चर्चामा संचालनमा रहेको परियोजना हो अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात (एमसीसी) । निकै चर्चामा रहेको यो योजना पछिल्लो समयमा कहिले बन्द हुने त कहिले खुल्ने भएको थियो । फेरी अनुदान सहयोग परियोजना अमेरीकाले बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो ।

संघीय खर्च घटाउने प्रयास अन्तर्गत यो कदम चालिएको सीएनएनले बताएको छ । एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिइएको थियो । डोजले एमसीसीमा नियन्त्रण गर्न शुरू गरेको एक सातापछिमात्र यो सूचना बाहिर आएको हो । यो अनुसार एमसीसीका कर्मचारीहरूलाई अबको दुई साताभित्रै बेतलबी बिदामा राखिने सम्भावना रहेकोसमेत समाचारमा बताइएको छ ।

नेपालमा पनि सञ्चालित परियोजनाको भविष्यबारेमा खुलाइएको छैन । एमसीसी नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूमा चलिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x