Skip to content

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । बिहीबार पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ ।  बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक पनि  बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x