Skip to content

मोदीले भने: ओलीसँगको भेट फलदायी भयो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेट फलदायी भएको बताएका छन् । दुई नेताबीच आज थाइल्यान्डको बैंककमा भेट भएको थियो ।

आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । भेटबारे मोदीले दुई देशबीचको सम्बन्धलाई उच्च प्राथिमकतामा राखेर छलफल गरिएको बताएका छन् ।

‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रका बारे छलफल गर्‍यौँ,’ मोदीले भनेका छन्, ‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट विशेष गरी विपद् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रबारे पनि केही कुरा गरेका छौँ ।’

उनले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री सचिवालयका एक अधिकारीका अनुसार भेट बैंककस्थित मोदी बसेकै होटल म्यान्डारिन ओरियन्टलमा भएको हो । ती अधिकारीका अनुसार ३५ मिनेटसम्म एक्लाएक्लै भेट भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x