Skip to content

आईपीएलमा हैदरावाद ८० रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)का दुई अस्थिर टोलीबीच भएको खेलमा कलकता नाइट राइडर्सले फराकिलो अन्तरले सन राइसजर्स हैदरवादलाई हराएको छ ।

मुम्बई इइिडयन्ससँगको पछिल्लो खेलमा ब्याटिङ कमजोर भएपछि आलोचित बनेको कलकताले बिहीबार भएको खेलमा शानदार कमब्याक गर्दै हैदरावादलाई ८० रनले हराएको हो । २८६ रन प्रहार गर्दै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदरावाद भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।

चार दिन अघि मुम्बईसँग ११६ रनमा समेटिएको कलकताले हैदरावादसँगको खेलमा ६ विकेटको क्षतिमा २०० रन जोडेको थियो । कलकताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रन जोडे। रिकु सिंह अविजित रहँदै १७ बलमा ३२ रन प्रहार गर्न सफल भए ।

यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x