Skip to content

प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली बैंककमा छन् । त्यसक्रममा उनले भुटानी समकक्षीसँग साइडलाइट भेटवार्ता गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीबीच सहकार्यका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । नेपाल र भुटानका प्रधानमन्त्रीबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा न्युयोर्कमा पनि भेटवार्ता भएको थियो ।

बिहीबार भएको भेटमा भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x