Skip to content

प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा विशला जनप्रदर्शन गर्ने भएका छन् । एमालेको ब्यानरमा आयोजना हुने उक्त जनसभामा एक लाख मान्छे तयारी भएको शीर्ष नेताहरुले जनाएका छन् । एमालेले यही चैत्र ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले जानकारी दिए । उनै राईले उक्त जनसभामा एक लाख जनता उतार्ने घोषणाा गरेका हुन् । प्रतिगामीहरुलाई टाउको उठाउन नदिने एमालेको तयारी छ ।

यता, काठमाडौंमा भने आज माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपासम्मिलित समाजवादी मोर्चाले जनप्रदर्शन गर्दैछ । आजको प्रदर्शनमा डेढ लाख जनता उतार्ने मोर्चाको दाबी छ । राजावादीहरुले दिनानुदिन व्यवस्था फाल्ने भनेर प्रदर्शन गर्न थालेपछि गणतन्त्र पक्षधरहरु पनि काउन्टर प्रदर्शनमा उत्रिन थालेका छन् । समाजवादी मोर्चाको आजको प्रदर्शनलाई लिएर एमाले महासचिव शंकर पोखरेलले सकारात्मक कदम भनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x