गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने । उनीहरुको सम्बन्ध केही समय अघि देखी नराम्रो भएको सामाजिक सञ्चालनमा बाहिरीएको थियो । यो विषयमा उनीहरु केही बोलेका थिएनन् ।