Skip to content

प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाण्डाै ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आज भृकुटीमण्डपमा आयोजना गरेको ‘आठाैँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै  सञ्चारमन्त्री गुरुङले आईटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिए ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताए ।

‘हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ,’ मन्त्री गुरुङले भने । उनका अनुसार यसै वर्षभित्र नेशनल पार्क, आईटी पार्कलगायतका आईटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ ।

सरकारले ल्याएको अध्यादेशले व्यवसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । उनले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिए ।

मन्त्री गुरुङले डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा ५ प्रतिशत योगदान पुर्‍याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे । उनले नेपालमा आईटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x