Skip to content

सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न हुदैन : प्रधानमन्त्री केपी शर्मा ओली

बुधबार बिहान नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजले संयुक्त रूपमा आयोजना गरेको पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्ति सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सांसदहरूले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदै छु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने बताए ।

‘संसदले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकाय त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ,’ उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x