Skip to content

वडा अध्यक्षले तिरेनन्, सहकारीको ऋण

बागलुङ । जैमिनी नगरपालिका–९ का वडा अध्यक्ष सन्दिप थापाले सहकारीबाट लिएको ऋण नतिरेपछि बागलुङको एक सहकारीले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य थापाले ऋण लिएको लामो समयसम्म पनि भुक्तान नगरेको भन्दै ३५ दिन भित्र ऋण मिलान गर्नका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।

थापाले बाइक खरिदका लागि लगेको ऋणको किस्ता तथा ब्याज लामो समयदेखि भुक्तान नगरेको, पटक–पटक ताकेता गर्दा, पत्राचार गर्दा समेत बेवास्ता गरेका कारण सार्वजनिक सूचना निकालेर ऋण मिलानका लागि आव्हान गरिएको संस्थाले जनाएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा जैमिनी नगरपालिका–९ मा गठबन्धनसँग प्रतिस्पर्धा गरेर थापा वडा अध्यक्षमा निर्वाचित  भएका थिए । पालिकाका सबै वडा र प्रमुख तथा उपप्रमुख गठबन्धनले जित्दा,एमालेबाट निर्वाचित हुने थापा एक्लो वडा अध्यक्ष हुन ।

निर्वाचित जनप्रतिनिधि तथा एमाले पार्टीको जिल्ला सदस्य समेत रहेका थापा लगायत १० जनालाई ३५ दिन भित्र ऋण मिलान गर्न संस्थाले सार्वजनिक सूचनामार्फत आव्हान गरेको छ ।

३५ दिन भित्र ऋण मिलान नगरे सहकारी ऐन, नियम र संस्थाको विनियम अनुसार असुलीका थप प्रक्रिया अगाडि बढाइने संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x