Skip to content

कोरियन भाषा संघ नेपाल को पहिलो राष्टिय भेला सम्पन्न

 

पोखरा | नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जगनाथ न्यौपाने, नारायण थापा (निसान्त ), सपराज राइ, सचिव मा योजेन्द्र वाग्ले , सह सचिव हरि कडेल, उदयराम जैशी रुद्र फुयाल रहेका छन भने कोषाध्यक्ष मा टंक प्रसाद चयन भएका छन् ।

यसैगरी सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष), जीवन कुमारी राई, शुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मन्डलका समयोजक रामचन्द्र लामिछाने ले जानकारी दिएका छन् ।

कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने, हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षण लाई ब्यबस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त) ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।

आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको नवनिर्वाचित अध्यक्षले जानकारी दिए।

राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए ।

सो अवसरमा उनले कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x