Skip to content

अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणाप्रति विश्व स्वास्थ्य संगठनकाे दुःख व्यक्त

अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणाप्रति विश्व स्वास्थ्य संगठनले दुःख व्यक्त गरेको छ। अमेरिकी नागरिकसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनकोे महत्वपूर्ण भूमिका रहेको छ।

रोगका मूल कारणहरूको सम्बोधन, सुदृढ स्वास्थ्य प्रणाली निर्माण र प्रायः अन्य निकाय जान नसक्ने जोखिमयुक्त स्थानहरूमा महामारी तथा प्रकोपजस्ता स्वास्थ्य आपत्कालहरूको पहिचान, रोकथाम र प्रतिकार्यमा विश्व स्वास्थ्य संगठनले अर्थपूर्ण योगदान दिँदै आएको डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रसँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ। विश्व स्वास्थ्य सभामा र कार्यकारी बोर्डमा आफ्नो सक्रिय सहभागितामार्फत् सात दशकभन्दा लामो सहकार्यको परिणामस्वरूप, विश्व स्वास्थ्य संगठन र अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् र स्वास्थ्य जोखिमहरुबाट अमेरिकी नागरिकको साथै विश्वभरका मानिसहरुको सुरक्षा प्रदान गरेका छन्।

अमेरिका र अन्य सदस्य राष्ट्रहरूको सहभागितासँगै, विश्व स्वास्थ्य संगठनले गत ७ वर्षमा आफ्नो इतिहासकै महत्वकांक्षी सुधार कार्यक्रम कार्यान्वयन गरेको छ, जसले हाम्रो उत्तरदायित्व, लागत प्रभावकारिता र राष्ट्रहरूको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव लगायतमा रूपान्तरण ल्याएको छ।

संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा आशावादी रहेको र विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बीचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x