माइकल के.बी.। पोखरा
प्रहरी प्रशासनले लागुऔषध नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि प्रयोगकर्ताको संख्या घट्न सकेको छैन। बरु बढ्दैछ। जसले कारोबारको दायारा बढाउँदै लगेको पाइन्छ। नेपाल प्रहरिले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ गरेको छ ।
घटना १ काठमाडौं महानगरपालिका १६ ठमेल क्षेत्रपाटीस्थित ह्यान्डीक्राफ्ट पसलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम, गाँजा १ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट ९ ट्याब्लेट, मेथाडोन २ सय ८० ट्याब्लेट र नगद ७४ हजार रूपैयाँ सहित पसलका संचालक सोही महानगरपालिका २१ भोटेवाहाल घर भएका ५८ वर्षीय शुद्द शरण रन्जितकारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
घटना २ सुर्खेत, बीरेन्द्रनगर नगरपालिका २ टेम्पुपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २२ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय महेन्द्र रावत समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले महेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
घटना ३ कैलाली, टिकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका ५ बसन्ता बस्ने २७ वर्षीय कमल रावललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुन्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटना ४ कैलाली, गोदावरी नगरपालिका ३ चौकीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ९० ट्याब्लेट सहित कञ्चनपुर कृष्णपुर नगरपालिका ६ मौरीफाँटा बस्ने २५ वर्षीय बिरेन्द्र भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
घटना ५ कैलाली, धनगढी उपमहानगरपालिका ३ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका ३ बस्ने २४ वर्षीय पुरन सिंह ठकुर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटना ६ कैलाली, धनगढी उपमहानगरपालिका २ बर्गर हाउस नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गौरीगंगा नगरपालिका ११ बस्ने २१ वर्षीय निरञ्जन चौधरी समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटना ७ कञ्चनपुर, भीमदत्त नगरपालिका १५ गोवरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय करन राना क्षेत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटना ८ सिराहा, सिरहा नगरपालिका १७ भन्सार गेट छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २ सय मिलिग्राम सहित गोलबजार नगरपालिका ७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका ८ बस्ने २२ वर्षीय धर्मेन्द्र यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिराहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटना ९ धनकुटा, धनकुटा नगरपालिका ७ मोटीटोलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन २७ ट्याब्लेट र ट्रामाडोल १७ ट्याब्लेट सहित सोही नगरपालिका ७ बस्ने २१ वर्षीय किरण राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानीको अभाव हुँदा किशोरावस्थाका केटाकेटी लागुऔषधको तलमा फस्दै गइरहेका छन्। लागू औषधको ओभरडोज भएमा प्रयोगकर्ताको ज्यानै जान सक्छ। एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना हुने, आत्महत्या गर्न प्रेरित हुने हुन्छ। जुन निकै खतरनाक अवस्था हो। ‘लागूऔषधको बढ्दो कारोबार नियन्त्रण गर्न प्रहरीको एकल प्रायसले मात्रै सम्भव हुँदैन, ‘यस्तो कार्यमा राजनीतिक दल, नागरिक समाज, युवा विद्यार्थी सबै सजग हुन जरुरी छ ।