Skip to content

रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी

 राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगे‍का छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा बहस गर्न त्रिपाठी बुधबार भैरहवा पुगेका हुन् ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पीडितकोतर्फबाट बहस गर्दा उनले माघ २ गते रास्वपा कार्यकर्ताको कुटाइ खानु परेको थियो । उक्त प्रकरणमा रास्वपाका दुई कार्यकर्तासहित तीनजना अहिले प्रहरीको हिरासतमा छन् ।

बुधबार उनले सामाजिक सञ्जाल मार्फत् सहकारी पीडितहरूकोतर्फबाट बहस गर्न भैरहवा हिँडेको बताएका थिए । भैरहवा उड्नै लाग्दा खराब मौसमले ढिला भएको बताउँदै उनले पीडितहरूको तर्फबाट बहस गर्ने जानकारी दिएका छन् ।

त्रिपाठीले उक्त क्रममा न्यायको यात्रा निरन्तर जारी रहेको बताएका छन् । त्रिपाठीले रवि मुछिएको प्रकरणमा निरन्तर सहकारी पीडितहरूको तर्फबाट बहस गरिरहेका छन् ।

उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा पनि पीडितहरूको तर्फबाट बहस गरिसकेका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ। यस प्रकरणमाका  प्रतिवादी लामिछाने अदालतमा उपस्थित हुन मंगलबार नै भैरहवा पुगिसकेका छन् । उनी बुधबार अदालतमा उपस्थित भएपछि मुद्दाको सुनुवाइ  अघि बढिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x