Skip to content

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ । कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीक केन्द बिन्दु बनेको हो ।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भट्टराईको दावी रहेको छ ।

महोत्सवमा राखिएका करिव तीन सय ३६ फरक÷फरक प्रकृतीका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थीत दर्शकहरु खुसी हुदै फर्केको देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट रहेको बताएका छन् । माघ १ गतेसम्म चल्ने महोत्सव आठौं दिनमा चलिरहदा बिहीबार मात्र ४० लाख वरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म आउदा ३ करोड ७५ लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिइन् ।

वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन वढ्दै गएको देखिएको छ । यसैबिच विहिवार मात्र १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या हजार पुगेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x