Skip to content

रवि र छविसहित ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई जिल्ला अदालत कास्कीका न्यायाधिश नितिज राईले धरौटीमा छाड्न आदेश दिएका हुन ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दा लागेको हाे।  सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख गरी ७ जनालाइ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछाने सहित पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ विरुद्ध मुद्दा दर्ता भएको थियो ।

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x