लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियमा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ । अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भीड लाग्ने गरेको छ ।
अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुसन्धानका लागि पनि उपयुक्त भएको छ । माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन गर्न ठूलो लगानी र वातावरणलाई ख्याल राख्नु पर्ने हुँदा थप ब्यवस्थापन गर्न आवश्यक रहेको छ । विषेश गरी बालवालिकाको लागि थप आकर्षक बनेको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं अर्थ तथा वित्त व्यवस्थापन समितिका संयोजक धुव्रबाबु भट्टराईले जानकारी दिए ।