Skip to content

खेल खेलाएर पुरस्कार नदिने दुई जना पक्राउ

पोखरा । कास्की प्रहरीले खेल आयोजना गरी पुरस्कार नदिई सम्पर्कविहीन हुने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अछामको सिउडी गाउँपालिका १ घर भई पोखरा–६, लेकसाइड बस्ने वर्ष ३१ का जगत डोली र पोखरा ५ बस्ने वर्ष २९ का सोनिक क्षेत्रीलाई पक्राउ गरेको हो । डोली र शर्माविरुद्ध कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

पोखरा राइडर्स क्लबले २०८० फागुन २३ र २४ गते पोखरा–२३ बाम्दीमा आयोजना गरेको ‘पोखरा मोटो–एन्डुरो क्रस च्याम्पियनसीप २०२४’ का विजेतालाई पुरस्कार नदिई सम्पर्कविहीन बनेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
आयोजकले खेलमा दर्ता शुल्कका नाममा प्रति खेलाडी १७ हजार लिएका थिए । आयोजकले प्रथम हुने खेलाडीलाई एक लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x