नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ ।
गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
सत्तारुढ भूमिकामा बस्न लागेको बैठकले कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षा गर्दैछ ।
केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बसेको स्थायी कमिटी बैठकमा भने सरकारले पर्याप्त काम गर्न नसकेको निष्कर्ष निकालेको थियो ।