पोखरा । नेकपा एकीकृत समाजवादी प्रथम गण्डकी प्रदेश अधिवेशन आगामी माघको अन्तिम साता हुने भएको छ । पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरी आगामी माघ २६ र २७ गते पोखरामा हुन लागेको बारे जानकारी दिइयो । को तयारी तिव्र बनाइएको छ ।
महाधिवेसनको पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्धघाटन गर्ने कार्यक्रम रहेको अधिवेशनका प्रचारप्रसार विभाग प्रमुख नवराज सुवेदी बताए । उनका अनुसार अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुनेछन् । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समुदायवाट अनिवार्य गरिएको छ ।
‘‘प्रत्येक जिल्लावाट एकजना मजदुर अनिवार्य रुपमा छानिने छ । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिका अलावा ५० जना स्वयम्सेवक र आयोजक गरि प्रदेश अधिवेशनमा ६ सय जनाको सहभागिता रहनेछ,’’ उनले भन्नुभयो ।
अधिवेशन सम्पन्न गर्न पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका केन्द्रीय सचिव श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मुल आयोजक समितिका अलावा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ । प्रतिनिधि छनौट माघ १६ गते हुनेछ ।
अधिवेशनलाई भव्य, सभ्य तथा अनुशासित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु जुटेको र अधिवेसनको तयारी तिव्र पारिएको पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । प्रदेश अधिवेशनले यो प्रदेशको आर्थिक विकास, समृद्धि र जनताका जनजिवीका र रोजगारीसहितका विषयहरुमा छलफल गर्ने र आवश्यक नीति पारित गर्ने उनले उल्लेख गरे ।