Skip to content

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ ।

हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो ।
महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखि वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ ।

प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटक बनाउनेसम्मको भीड लाग्ने गरेको छ । उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ हुन । उनी भन्छन , ‘बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरुको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ ।’

झण्डै ३ लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नै निर्माण भएको उक्त प्रतिमा महोत्सव पश्चात लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जानकारी दिएको छ । यसले लेखनाथ क्षेत्रको धर्मिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x